कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विभिन्न तहबाट उठेका प्रश्न र जिज्ञासालाई सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विशेष समिति गठन गरिएको जानकारी दिएका छन्।

मन्त्री पोखरेलका अनुसार उत्तरपुस्तिकाको नमुना परीक्षण तथा परीक्षाफलसँग सम्बन्धित डेटा इन्ट्री र मूल्याङ्कन प्रक्रियाको सत्यापन गर्न समिति बनाइएको हो। उक्त समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवस्तरका प्रतिनिधिहरू समावेश छन्।

सामाजिक सञ्जालमा राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे भइरहेका टिप्पणी र आलोचनालाई ध्यानमा राख्दै सरकारले तथ्यपरक अध्ययनका लागि यो कदम चालेको मन्त्रीको भनाइ छ। उनले बोर्डले अपनाएको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र विश्वसनीय रहेको दाबी गर्दै आवश्यक जनशक्ति परिचालन र प्रशासनिक प्रक्रिया सहज बनाएर समयमै नतिजा सार्वजनिक गरिएको स्पष्ट पारे।

मन्त्री पोखरेलले नतिजा प्रकाशनमा कुनै प्रकारको हतारो नगरिएको उल्लेख गर्दै निर्धारित कार्यविधिअनुसार नै सम्पूर्ण प्रक्रिया सम्पन्न भएको बताए।

सम्बन्धित समाचार

ताजा समाचार