प्रेम शब्द आफैमा सुखद अनुभुती हो , तर त्यही प्रेम कुनै ठाउमा अभिषाप बनिदिन्छ । र त प्रेमलाई पाप र पुण्यको कुण्ड मानिएको होला ।
हुन त एउटा कथन नै छ “बिबाहित हरु प्रेमको अभावमा बर्बाद हुन्छन , अबिबाहित हरु प्रेमको प्रभावमा बर्बाद हुन्छन् ।”
यि र यस्तै कथनमा ठ्याक्कै मेल खाने लोकदोहोरी गित घरबारे मायाको चर्चा चुलिएको छ । सागर बिरही र कला गुरुड.को स्वरमा सजिएको यो गितले पछील्लो समय समाजमा घट्ने गरेको थथार्थ घटनालाई समेटेको छ । त्यसो त बिबाहेत्तर सम्बन्धका कारण सामाजिक परिवेश धमिलिएका मात्र छैनन् परिवार बिभाजनको मुख्य कारण बन्दै आएको छ ।
भिरको फुल पानीमा खस्यो
घरबारे माया सँग दील बस्यो
परदेशमा छ सिन्दुरको धनि
तिमी सँग अल्झ्यो मन फनफनी
यो गितमा समावेश अधिकांश शब्दले समाजको बिकृत पाटो लाई यथार्थरुपमा प्रस्तुत गरेको छ । उसो त एक असल प्रेमका लागी कुनै सिमा रेखा हुन्न भन्ने सन्देश पनि गितले दिन खोजेको छ । यधपी बिबाहेत्तर सम्बन्धले पात्र न घरको न घाटको हुने पनि सांकेतिक रुपमा देखाउन खोजिएको छ । विनोद भण्डारी, जुना गुरुड र रिना गुरुड.को दमदार अभिनयले गितमा सौन्दर्य थप्ने काम गरेको छ ।
अझ यसरी भनौ न घरबारे मायाले बिकृत सामाजिक परिवेशलाई प्रेमपुर्वक तरिकाले प्रस्तुत गरेको छ । तर प्रेमको अभावमा परस्त्री सँग लागेको भाब गितले देखाउन खोजे पनि भिडियो हेर्दा निर्देशक केही ठाउँमा भने चुकेको पाईन्छ ।

