पोखरा-भुटान अन्तर्राष्ट्रिय उडान

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइरेक्ट भुटान उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो ।

युनिभर्सल टुर्स एण्ड ट्राभलले आउँदो असोज १२ गतेदेखि चार वटा चार्टर उडान गर्ने जनाएको छ । असोज १२, १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय भइसकेको युनिभर्सल टुर्स एण्ड ट्राभल ९युटीटी० ले जनाएको छ । भुटान एयरलायन्स एक सय २६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानका सहित ट्राभल्स प्याकेज समेत बनाएको छ ।

यो प्याकेज चार रात र पाँच दिनको रहेको छ । पोखरादेखि भुटान र भुटानदेखि पोखराको सिधा उडानले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । यसको निरन्तरताका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने उनको भनाइ छ ।

यसअघि गएको असार सात गते चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ जहाजले पोखरामा चार्टर उडान गरेको थियो । पोखराबाटै छेन्दुमा हिमालयन एयरलाइन्सले पनि उडान भरिरहेको छ । पछिल्लो पटक सिचुवानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडानको पहल गरिरहेको छ । सिचुवानले एयरलाइन्सले छेन्दुहुँदै अस्ट्रेलिया उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ ।

कूल तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण गरिएको हो ।

सम्बन्धित समाचार

ताजा समाचार