कैलाली । अवैध लागुऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । कैलालीका १ र कञ्चनपुरका २ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।
मंगलबार बेलुकी ४ बजे कैलालीको धनगढी उपमहानगरपालिका– ११ का २९ वर्षिय सन्तराम रानालाई प्रहरीले पक्राउ गरेको छ । उपमहानगरपालिका– २ मिलनचोक स्थित भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा सु.प.प्र.०१–००९ प ४०८१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक रानाबाट लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ ।

