काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सात वटै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् ।
मन्त्रालयमा बुधवार आयोजित अटिजमको उपचार, रोकथाम लगायतका सम्बन्धमा प्रा।डा। दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अध्ययन प्रतिवेदन ग्रहण गर्दै उनले प्रारम्भिक चरणमा सबै प्रदेशमा एकरएक वटा अटिजम स्कुलको खाँचो औँल्याए । मन्त्रालयले यसलाई दीर्घकालिन परियोजना बनाएर काम गर्ने उनको भनाई छ ।
मन्त्री पौडेलले काठमाडौंको बुढानिलकण्ठमा भने अटिजम स्कुल बन्न लागेको जानकारी दिए । बुढालिनकण्ठ– ४ मा रहेको जग्गामा भवन बन्ने प्रक्रिया शुरु भइसकेको उनले बताए । अटिजम स्कुल सञ्चालनको लागि चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ बजेट छुट्याएको उनको भनाई छ । उनले अटिजम स्कुल स१चालनको लागि काठमाडौँ महानगरपालिकाले पनि चासो देखाएकोले समन्वय गरेर अगाडी बढ्ने बताए ।

