तीन दिने सत्याग्रहमा बसेका डा. केसीले तोडे सत्याग्रह

कैलाली । कैलालीको गोदावरी नगरपालिका गेटामा रहेको सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तीन दिने सत्याग्रहमा बसेका चिकित्सक डा. गोविन्द केसीले सत्याग्रह तोडेका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। केसीले आज दिउँसो कञ्चनपुर ५२ वर्षीय पृतिम चौधरीको हात वाट जुस पिएर उनले तीन दिने सत्याग्रह तोडेका हुन ।

आइतबारदेखि सत्याग्रह सुरु गरेका डा. केसीको मंगलबार ग्लुकोजको मात्रा ३७ पुगेको थियो । आइतबार अपराह्नबाटसत्याग्रह सुरु गरेका डा. केसीको मंगलबार दिउसो तोडेको उनका सहयोगि डा. अम्रित जैशीले जानकारी दिए ।

तेइसौँ सत्याग्रह थालेका डा. केसीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढङ्गले निजी मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या वृद्धि गर्ने निर्णय तुरुन्त फिर्ता लिनुपर्ने, शुल्क वृद्धि नगर्नुपर्ने, सम्झौता अनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्नुपर्ने र गेटाको मेडिकल विश्वविद्यालयमा तुरुन्त पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने माग गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार