बैतडी । बैतडीमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । सोमबार जिल्लाको पाटन नगरपालिका ७ दनखोलाकी ५४ वर्षीय पार्वती भट्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
जंगली जनावर मार्नका लागी मकैबारीमा थापेको बिद्युतीय पासोमा परेर करेन्ट लागेर पार्वतीको ज्यान गएको हो । पार्वतीलाइ करेन्ट लागेको आफ्न्तले खबर गरेपछि प्रहरीको टोलि घटनास्थल पुगेको हो ।
मृतक भट्टको शव परीक्षणका लागी पाटन प्राथमीक स्वास्थ्य केन्द्र ल्याइएको प्रवक्ता पाण्डेयले बताए ।

