हराएका दुई युवकको शव भेटियो

काठमाडौं । दुइदिन अगाडी रसुवा सदरमुकामबाट ठाडेगाउँतर्फ जाने क्रममा हराएका दुई युवकको शव आज भेटिएको छ ।

ताप्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो।

गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो। शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन।

घटनाको बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार