दशैंका लागि खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला

काठमाडौं । दशैंका लागि सरकारले खसी, बोका र च्याङ्ग्राको अनलाइन बुकिङ खुला गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कम्पनीको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडेलले आज बिहानदेखि अनलाइन बुकिङ खुला गरिएको बताए ।

उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसी, बोका वा च्याङ्ग्रा छनोट गर्न सक्नेछन् । बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने पौडेलले जानकारी दिए ।

बुकिङका लागि उपभोक्ताले अग्रिम भुक्तानी गर्नुपर्ने छ । च्याङ्ग्राका लागि एउटाको ५ हजार रुपैयाँ र खसी र बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लाग्ने छ ।

अनलाइन बुकिङ ३० भदौसम्म जारी रहने छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार