काठमाडौं। अभिनेता दीपकराज गिरी र निर्माता सन्तोष सेनबीच सामाजिक सञ्जालमा फेरि तीतो कटाक्ष चलेको छ।
दीपकराजले फेसबुकमा आफ्नो स्टाटसमा लेखेका थिए, “आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरूको फिल्म गाली गर्न बन्द गरौं। आफ्नो हिरो बाघ, अरूको स्याल।”
यसपछि सन्तोषले जवाफ फर्काउँदै दीपकराजलाई “तिम्रो सोचमा पाप छ” भनी आलोचना गरे र नकारात्मक कमेन्टहरू फेक अकाउन्टबाट आएको आरोप लगाए।
दीपकराजले फेरि अर्को स्टाटसमा व्यंग्य गर्दै प्रतिक्रिया दिएका छन्। दुबै पक्षबीचको यो वाकयुद्धले सामाजिक सञ्जालमा चर्चा पैदा गरेको छ भने फिल्म क्षेत्रमा छवि धमिलो हुने चिन्ता व्यक्त गरिएको छ।

