काठमाडौं । आईफोनमा नग्न अवस्थाका भिडिओ कल गर्न नपाइने भएको छ । एप्पलले फेसटाइम भिडिओ कलको क्रममा नग्नता पहिचान गरी कल आफै पज हुने फिचरको काम थालेको हो ।
कम्पनीको नयाँ अपरेटिङ सिस्टम आईओएस २६ मा यस्तो फिचर ल्याउन आउने छ । यो फिचर हाल डेभलपरका लागि उपलब्ध आईओएस २६ को डेभलपर प्रिभ्यु भर्सनमा देखिएको छ ।
सामाजिक सञ्जाल एक्समा ‘आईडिभाइस हेल्प’ नामक प्रयोगकर्ताले यस फिचरको चर्चा गरेका छन् । उनले सार्वजनिक गरेको स्क्रिनशट र विवरणका अनुसार यदि भिडिओ कलमा कुनै नग्न शरीर देखा पर्दा स्क्रिनमा एउटा पप(अप देखिनेछ ।
त्यसपछि प्रयोगकर्तालाई कल काट्ने वा सामान्य रूपमा पुनः नियमित रूपमा जारी राख्ने विकल्प दिइन्छ । आईओएस २६ को टेस्टिङ भर्सनमा यसलाई अनरअफ गर्ने बटन भए पनि अफ गर्दा समेत फिचरले काम गरिरहेको बताइएको छ ।
यो एप्पलको प्रणालीमा रहेको कुनै कमजोरी हुन सक्ने तर्फ सङ्केत गरेको छ ।

