कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीको छानविन गर्ने संसदीय समिति घोषणा

काठमाडौं । संघीय निजामतीे विधेयकमा कुलिङ पिरियड व्यवस्थामा भएको छेडखानीबारे छानविन गर्न गठित ७ सदस्यीय संसदीय विशेष छानविन समिति प्रतिनिधिसभाबाट घोषणा भएको छ ।

सभाको सोमवारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त घोषणा गरेका हुन् । समितिको संयोजक नेपाली काँग्रेसका सांसद जीवन परियार तोकिनु भएको छ । सभामुख घिमिरेका अनुसार समितिमा नेपाली काँग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।

समितिलाई छानविन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार