आज कुन कुन प्रदेशमा हुँदैछ बर्षा ?

काठमाडौं । अहिले देशभरको मौसम आंशिक बदली छ । काठमाडौं उपत्यकासहित केही ठाउँमा बिहानैदेखि पोल्ने घाम लागेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा ठूलो पानी पर्ने सम्भावना छ ।

गएराति काठमाण्डौ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र लमजुङमा बाढी आउने गरी पानी परेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार