लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सुन्दर कर्णाली संस्थासँग करार सम्झौता गरी सोही संस्थाबाट प्रदेश अस्पताल सुर्खेतमा कामकाज गर्न खटिएका तृप्ती शाही र कुमारी बैँकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरले आफ्नो जिम्मामा रहेको सार्वजनिक संस्थाको सम्पत्ति हानि नोक्सानी तथा दुरुपयोग गर्ने बदनियत राखी रकम हिनामिना गरेको देखिएको छ ।

उहाँका अनुसार प्रदेश अस्पताल, सुर्खेतमा मिति २०८० साउन १ गते देखि २०८१ साउन ३२ सम्मको अवधिमा सङ्कलन भएको राजस्व रकम ३४ लाख तिन हजार ८५६ रुपियाँमध्ये आठ लाख ३६ हजार ३३० रुपियाँ रकम अस्पतालको खातामा दाखिला गरी गराई बाँकी २५ लाख ६७ हजार ५२६ रुपियाँ रकम हिनामिना गरे गराएको देखिएको छ ।

आयोगका अनुसार, लेखा अधिकृत सुवेदी र तृप्ति शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 

 

सम्बन्धित समाचार

ताजा समाचार