अभिनेता अनमोल केसीविरुद्ध मुद्दा

काठमाडौं । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो फोन नम्बर दुरुपयोग गरेको भन्दै अभिनेता अनमोल केसी र उनको फिल्म ‘फर्की फर्की’को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

फिल्ममा आफ्नो फोन नम्बर दुरुपयोग गरिएको र यसले आफूलाई मानसिक र शारिरिकरुपमा हानी पुगेको उनले दायर गरेको रिटमा उल्लेख छ । उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन् ।

श्रेष्ठले आफूलाई मानसिक तथा शारिरीक रुपमा हानिनोक्सानी भएको भन्दै उचित क्षतिपूर्तिको माग समेत राखेका छन् ।

रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाइएको छ । उनीहरूलाई कानून अनुसार सजायको माग गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार