काठमाडौं । जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ।
पार्टी केन्द्रीय समितिको बैठकले वर्तमान सरकार असफल रहेको निष्कर्ष निकाल्दै सरकारलाई दिएको समर्थन बारे पुनः विचार गर्ने निर्णय गरेको हो।
पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतमा असार ७ र ८ गते काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले त्यस्तो निर्णय लिएको पार्टी प्रवक्ता मनिषकुमार सुमनले बताए।
केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूती, संविधान संशोधन, आर्थिक अवस्थामा सुधार लगायतका कार्यहरूमा पूर्णतः असफल रहेको पार्टी बैठकको निष्कर्ष रहेको सुमनले जानकारी दिए।
जसपा नेपालले ओली सरकारलाई बाहिरबाट भने समर्थन गरेको छ ।

