काठमाडौं । लागू पदार्थ सेवन गरेर सर्वसाधारण मानिसहरुलाई अनावश्यक दुःख दिने ८ जनाला सवारी चालकहरुलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार बिहान ११ बजेदेखि दिउँसो ५ बजेसम्म काठमाडौं महानगरपालिका– १४ स्थित बल्खु चोक क्षेत्र आसपासमा ट्राफिक तथा सुरक्षाकर्मीले संयुक्त रूपमा चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनीहरु लागू पदार्थ सेवन गरी मानसिक सन्तुलन गुमाएको अवस्थामा सवारी चलाइरहेको सूचनाको आधारमा नियन्त्रित गरिएको हो । प्रारम्भिक परीक्षणमा उनीहरूले लागूपदार्थ सेवन गरेको प्रमाणित भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ पर्नेमा प्रदिप बिक, सन्तोष नेपाल, धिरज जैसवाल, अनुराग कुमार, राम गुरुङ, निलेश संग्रौला, बिराज कार्की र गोमन तामाङ रहेका छन् ।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाही अघि बढाइएको जनाइएको छ ।


