काटमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउन समेत उनले आह्वान गरे । भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरूको विरोध कायमै रहने बताए ।
उनले पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलादेखि बहालवाला गृहमन्त्री रमेश लेखकसम्मका सबै गृहमन्त्रीहरुलाई छानबिनको दायरामा ल्याउन उनले माग समेत गरे ।
शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिएका छन् ।

