काठमाडौं । फिफा क्लब विश्वकपमा इटालियन क्लब युभेन्ट्सले यूएईको क्लब अल ऐनलाई हराएको छ ।
अमेरिकामा चलिरहेको प्रतियोगिताको समूह ‘जी’ अन्तर्गत आज बिहान भएको खेलमा युभेन्ट्सले अल ऐनलाई ५–० गोलले हराएको हो ।
जीतसँगै समूह ‘जी’ मा रहेको युभेन्ट्स तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

