विदेशी विद्यार्थीहरूका लागि अमेरिकाले पुनः भिसा प्रक्रिया शुरु गर्दै

काठमाडौं। अन्तर्राष्ट्रिय विद्यार्थी भिसाका लागि अमेरिकी विदेश विभागले अपोइन्टमेन्टको तालिका पुनः शुरु गर्ने भएको छ।

भिसा आवेदन दिने विद्यार्थीहरूको सामाजिक सञ्जाल खाताहरू पनि जाँच गरिने छ। यसका लागि सबै आवेदकहरूलाई उनीहरूको सामाजिक सञ्जाल प्रोफाइलको गोपनीयता सेटिङ ‘सार्वजनिक’ राख्न निर्देशन दिइनेछ।

“हामी हाम्रो भिसा जाँचमा उपलब्ध सबै जानकारीहरू संयुक्त राज्य अमेरिकामा प्रवेशको लागि योग्य नहुन सक्ने आवेदकहरू, विशेष गरी राष्ट्रिय सुरक्षामा खतरा निम्त्याउन सक्ने व्यक्तिहरू पहिचान गर्न प्रयोग गर्छौं,” अमेरिकी विदेश विभागले एक प्रेस विज्ञप्तिमा भन्यो।

अमेरिकी विदेश विभागका अनुसार विदेशमा रहेका अमेरिकी दूतावास र वाणिज्य दूतावासहरूले चाँडै नै यी भिसा आवेदनहरूको तालिका पुनः सुरु गर्नेछन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका आफ्ना दूतावासहरूलाई विद्यार्थी भिसाका लागि अपोइन्टमेन्ट रोक्न आदेश दिएका थिए।

 

सम्बन्धित समाचार

ताजा समाचार