काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न भएको आरोप लागेका चारजना बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको छ ।
प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएको गरेको अनुसन्धान प्रतिवेदनका आधारमा चार बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको हो । उनीहरूविरुद्ध भक्तपुर बाल अदालतमा मुद्दा दायरका लागि पठाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्माले बताए ।
उक्त प्रकरणमा बालकबाहेक अन्य ६१ जनाविरुद्ध भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

