बन्द कोठाभित्र मृत अवस्थामा फेला परिन् रोशनी शाही

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकावडा नम्बर ३ बालकोटमा अन्दाजी ५० वर्षीया रोशनी शाही भित्रबाट चुकुल लगाएको कोठाभित्र मृत अवस्थामा फेला परेकी छन् ।

स्थायी घर जाजरकोट भइ हाल बालकोटको बृहस्पति मार्गस्थित लक्ष्मीश्वर महतोको तीनतले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।

भक्तपुरका एसपी माधव बुढाथोकीका अनुसार, आइतबार दिउँसो १ः ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा उनी फेला परेकी थिइन् ।

शाही पूर्वसभामुख कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित हुन् ।

घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार