काठमाडौं । लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन अन्तर्गत दशौं बैठक सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक बजेट माथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको हो । कार्यसूची अनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नुहुने भएको छ।
प्रस्तावमाथि प्रदेश सभा सदस्यहरूले धारणा राख्ने भएका हुन् ।

