काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ती शहर’का रुपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबार बीआईटीएम २०२५ को उद्घाटन गर्दै पर्यटनमन्त्री पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्य रहेको बताए । नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
पर्यटनमन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेकोसमेत बताएका छन् ।

