नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्ने क्रममा रहेको बताएका छन् ।
नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले छरिएर रहेका विभिन्न निर्देशन तथा निर्देशिका हरूले कार्यान्वयनमा पारेको जटिलताका कारण ती अस्पष्टतालाई चिर्न छरिएर रहेका निर्देशनहरूलाई एकीकृत गरी बीमा क्षेत्रको एकीकृत निर्देशन जारी गर्न लागिएको बताए ।
उनले विमक र बीमा प्राधिकरणभित्र पनि छरिएर रहेका निर्देशनका कारणले प्रभावकारी नियमन र सुपरिवेक्षणलाई चुस्तता दिन नसकेको बताए ।
उनले उक्त एकीकृत निर्देशनलाई आगामी आर्थिक वर्षको साउनदेखि नै कार्यान्वयन गर्ने लक्ष्यका साथ काम भइरहेको जिकिर गरे ।
उनले उक्त एकीकृत निर्देशनले बीमा क्षेत्रलाई विधि पालन गराउनमा अझ प्रभावकारी रूपमा सहयोग गर्ने अपेक्षा राखे ।
उनले बीमा क्षेत्रको नियमन र नीति कार्यान्वयनमा उक्त एकीकृत निर्देशनले प्रभावकारी भुमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

