सुनको मूल्य तोलामा २ हजारले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबारको तुलनामा आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

आज तोलामा दुई हजारले सुनको मूल्य घटेको छ । चाँदीमा भने प्रतितोला १० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।

शुक्रबार प्रतितोला सुन एक लाख ८६ हजार ८०० र त्यति नै परिमाणको चाँदी एक हजार ९६० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार २५२ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार