बुद्धका शिक्षाहरु सरल छन्, अपनाउन मात्रै कठिन हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरु सरल रहेको बताएका छन् ।

सोमवार स्वयम्भूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले बुद्धका शिक्षाहरु जटिल नरहेको बताए । उनले झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर जस्ता सहज शिक्षाहरु रहे पनि अपनाउन कठिन रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने– ‘बुद्धका शिक्षाहरु सरल छन् । एकदम जटिल होइन । एकदम सरल छन् । झुटो नबोल, असत्य मार्ग नहिँड, असत्य नबोल, हिंसा नगर, कसैप्रति अन्याय नगर, सजिलो छ । नराम्रा काम गर्दै नगर । राम्रा कामहरु मात्रै गर । सजिला छन्ः बुद्धका शिक्षाहरु अपनाउन मात्रै गाह्रो हो । सुन्दा सजिला, यो कुन ठूलो कुरा हो जस्तो । तर अपनाउन अलिकति कठिन छन् । हामी ति कुराहरु अपनाऔँ ।’

प्रधानमन्त्री ओलीले बुद्धका शिक्षा अपनाउनुमा नै मानव जातीको कल्याण रहेको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार