संसदको नियमावली संशोधन गर्नुपर्छ : योगेश भट्टराई

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रम सम्बन्धी छलफलको वर्तमान प्रक्रियामा सुधार आवश्यक भए संसदको नियमावली संशोधन गर्नुपर्ने बताएका छन् ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले नीति तथा कार्यक्रममाथिको भएको छलफलको प्रक्रिया नयाँ नभई विगतदेखि चल्दै आएको प्रक्रिया भएको स्पष्ट पारे ।

प्रतिपक्षी दलहरुले सरकारको नीति तथा कार्यक्रम संसदमा छलफलअघि नै प्रधानमन्त्रीबाट प्राथमिकता पेश गरी र सुझाव संकलन नगरिएको भन्दै आपत्ति जनाएका थिए ।

सांसद भट्टराईले यदी नयाँ ढंगले अगाडि बढ्न खोजेको भए संसदको नियमावली संशोधन गर्नुपर्नेमा जोड दिए ।

विपक्षी दलहरूले सत्तामा हुँदा अपनाइएको प्रक्रियामार्फत नै नीति तथा कार्यक्रममाथि छलफल गरिएको उनले यसको विरोध गर्नुको कुनै तुक नरहेको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार