काठमाडौं– नेपाली काँग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले नेपाली काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधीहरुलाई चुनावको बेला जनताहरुलाई दिएको आश्वासन पुरा गर्न सुझाव दिएका छन् ।
गोरखाको अजरिकोटमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् । नेपाली काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधीहरुले जनभावना तथा जनअपेक्षा अनुसार संविधान अनुरुप काम गर्न सुझाव दिएका छन् ।
नेपाली काँग्रेसले मुलुक र जनताको हक हितका लागि ल्याएका बिभिन्न एजेण्डालाई कार्यान्वयन गर्न सुझाएको धारणा राख्दै उनले भने– ‘दलित, महिला, जनजाती र मधेसीको क्षेत्र छुट्टाएर बिकासको मोडेल ल्याएको नेपाली काँग्रेसले हो । हरेक ब्यक्तिका हक अधिकार र जनसंख्याको आधारमा पाइने सेवा सुविधाहरु संविधानमा राखेको काँग्रेसले हो ।’
उक्त कार्यक्रम मार्फत सत्तारले करिब १ महिनासम्म चलेको शिक्षकहरुको शान्तिपुर्ण सडक आन्दोलन पनि नेपाली काँग्रेसको दबाबकै कारण प्रधानमन्त्री केपीशर्मा ओली बाध्यभइ समाधान गरेको बताए ।

