कांग्रेस महामन्त्रीमा नैनसिंह महरको औपचारिक उम्मेदवारी, यस्ता छन एजेण्डा

नेपाली कांग्रेसको १५औ महाधिवेशनका निम्ति महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी घोषणा गरेका छन् ।

अहिलेसम्म भातृसंस्था हुँदै नेपाली कांग्रेसका सबै निर्वाचनमा भारी मतले जित्दै आएका नैनसिंह महर, पार्टी महामन्त्री पदको निर्वाचनमा समेत सबैभन्दा अब्बल देखिएका छन् । ३० वर्ष लामो नेविसंघको राजनीतिबाट नैनसिंह महर १४ एजेण्डा लिएर काँग्रेसको केन्द्रीय राजनीतिमा २०७८ सालमा प्रवेश गर्नुभयो। कतिपाए नेतालाई पार्टी केन्द्रीय समिति भित्रै रहेर दुईचार दशक व्यक्तित्व निर्माण गर्न लागेपनि महरले काम मार्फत कम समयमै आफ्नो व्यक्तित्व र पृथक परिचय बनाउन सफल भएका छन् ।

२०७९ सालको निर्वाचनमा काठमाडौँ ४ को टिकट पाएका महरले सहजै पार्टी नेतृत्वको अनुरोधमा अरु नेतालाई सहयोग गरे । त्यसैदिन देखि करिव आजभन्दा तीन बर्ष अघिदेखि महामन्त्रीको तयारी थालेका महरले ७४ जिल्लाको भ्रमण सकेर बाकी जिल्ला पुग्न तयारी गर्दैछन । अहिले पार्टीको शिक्षा विभाग प्रमुख समेत रहेका नैनसिंह महर शिक्षा नीति निर्माण गर्न १६५ निर्वाचन क्षेत्र, ६७४३ वडामै करिव १० लाख नागरिकसंग नीति सम्बादका माध्यमले काम गरिरहेका छन्।

अहिले सबैभन्दा गतिशील र चलायमान विभाग समेत नैनसिंह महरले नेतृत्व गरेरै शिक्षा विभाग रहेको छ। पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा निवासी महर विसं. २०४७ मा १६ वर्षको उमेरमा असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भएका थिए । २१ वर्षको उमेरमा नेविसंघ डडेलधुराको कार्यवाहक जिल्ला अध्यक्ष भए । २०५६ मा जिल्ला अध्यक्ष बने । ०५४ मा पार्टीको डडेलधुरा प्रचार विभाग उपप्रमुखका रूपमा काम गरे ।

महर २०५७ मा नेविसंघको केन्द्रीय सदस्य बने । ०६४ मा उपाध्यक्ष निर्वाचित भए । र, २०७३ सालको ११ औँ महाधिवेशनबाट नेविसंघको केन्द्रीय अध्यक्ष निर्वाचित भए ।​ नैनसिंह महर ‘स्कूल अफ डेमोक्रेसी’ का अध्यक्षसमेत हुन् । पार्टी सभापतिको बैसाखी टेकेर शासन गर्नेभन्दा आफ्नो फरक परिचय बनाउन सफल भएका छन ।

महरले कांग्रेसभित्र वकालत गरिरहेका एजेण्डा :
१) एक व्यक्ति एक पद दुई पटक मात्र
२) प्रशिक्षण र मापदण्डका आधारमा क्रियाशीलता
३) सरकार र पार्टी सञ्चालनका लागि थिङ्क ट्याङ्कको स्थापना
४) बिपी विचारको समय सापेक्ष कार्यान्वयन
५) व्यवहार, आचरणमा शुद्धता र आर्थिक पारदर्शिता
६) रूपान्तरणका लागि युवा काँग्रेसको स्थापना
७) नेतृत्वको आवधिक कार्ययोजना महाधिवेशन मै
८) लोकतन्त्रको संस्थागत विकास, असल नेतृत्व र कुशल व्यवस्थापन
९) योगदानमा आधारित जिम्मेवारी, मूल्यांकनमा आधारित सम्मान
१०) निःशुल्क स्वास्थ्य शिक्षा, सर्वसुलभ यातायात र सञ्चार, गुणस्तरीय जीवनका आधार
११) लगानी मैत्री वातावरण, उद्यमशीलता र स्वरोजगार, अर्थतन्त्रमा सुधार
१२) विविधताको सम्मान, रीतिरिवाज र मौलिकताको पहिचान
१३) कानुनी राज्य मानव अपधकार, सुशासन र सहभागिता
१४) राष्ट्रिय स्वार्थ केन्द्रित विदेश नीति

सम्बन्धित समाचार

ताजा समाचार