प्रिमियरमा ‘११:५५’ले पायो सकारात्मक प्रतिक्रिया

चैत्र ८ गते भोली शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को बुधबार रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको थियो । कमलपोखरीमा अवस्थित बिग मुभिज सिटीसेन्टरमा आयोजित प्रिमियर शोमा फिल्मकर्मी र पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।

यो फिल्म हेर्न पूर्वमिस नेपाल तथा अभिनेत्री मलिना जोशी, निर्देशक सवीर श्रेष्ठ, सुवर्ण थापा, सुवास कोइराला, अभिनेता आर्यन अधिकारी, गजित बिष्ट, जयकिशन बस्नेत, निर्देक तथा हास्य कलाकार दीपक आचार्य (काकु), बबिन राई (गल्फने बाजे) र गत फागुन २३ गतेबाट प्रदर्शनरत फिल्म होस्टेल ३ निर्माण टिम सिनेमा हेर्न हल पुगेको थियो । फिल्म हेरेर हलबाट निस्कदै गर्दा क्राइम थ्रिलर जनरामा उत्कृष्ट फिल्म निर्माण भएको प्रतिक्रिया दिएका थिए ।

अभिनेत्री मलिना जोशीले नेपालमा क्राइम थ्रिलर जनारामा निर्माण भएको उत्कृष्ट सिनेमा ‘११:५५’ रहेको बताइन् । फिल्ममा अभिनय गरेका सर्व कलाकारले उत्कृष्ट काम गर्नु भएको छ । अझ विशेष त अभिनेत्री सृष्टि श्रेष्ठको अभिनय र पात्रले मन जितेको बताइन् । डेव्यु निर्देशक केशव पाण्डेले सस्पेन्स क्राइम थ्रिलर जनराका फिल्म रुचाउने दर्शकका लागि उत्कृष्ठ फिल्म पस्केको उनको भनाई छ ।

निर्देशक सुवर्ण थापाले पनि एउटा घर भित्र गजवले फिल्म सक्काएको भन्दै डेव्यु निर्देशक पाण्डेको तारिफ गरेका थिए । नेपालमा थोरै मात्रै सस्पेन्स क्राइम थ्रिलर जनरामा फिल्म बन्ने भएकाले पनि यस्ता सिनेमालाई प्रोत्साहन गर्नु पर्ने बताए । निर्देशक तथा दीपक आचार्य (काकु)ले सिनेमा उत्कृष्ट बनेको भन्दै पछिल्लो समय दर्शकको नजरमा परेका मुख्य अभिनेता महेश त्रिपाठीको कामले मन जिेतको बताए । साथै, फिल्ममा अभिनय गर्नुभएका अन्य कलाकार र निर्देशकको समेत तारिफ गरेका थिए ।

फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनालले पनि प्रिमियर शोमा मिलेको उत्कृष्ट प्रतिक्रियाले उत्साहित बनाएको बताएका छन् । आयोजित प्रिमियर शोमा जसरी उपस्थित पाहुनाहरुले रुचाउनु भएको छ । त्यसरी नै हलमा दर्शकले पनि सिनेमा मन पराउनेमा आशावादी देखिए ।

फिल्मका डेव्यु निर्देशक केशव खड्काले पनि आफ्नो लामो समयदेखिको मेहनत र सपना साकार भएको बताए । ‘मैले जुज सपना देखेर यो फिल्म निर्माण गरेका थिए । त्यो पाउँदा निकै खुशी लागेको बताए । मेरो कथालाई मैले छानेका कलाकारहरुले जिवन्त अभिनय गरेर न्याय गरिदिनु भएकोमा आभारी छु,’ निर्देशक पाण्डेले भने ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय फिल्म हो । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ ।

अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्ममा सागरसहित महेश त्रिपाठी, सृष्टि श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउनेछन् । फिल्मका कार्यकारी निर्माता एमएस अग्रज हुन् । फिल्मलाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार