कस्तो बन्ला नयाँ देखि पुराना कलाकार एकसाथ अभिनय गर्ने फिल्म ?

अहिले नेपाली सिने नगरीमा एउटा खबरले निकै नै चर्चा बटुलिरहेको छ। त्यो हो नयाँ देखि पुराना सबै स्टारहरुलाई लिएर एक ऐतिहासिक कथामा फिल्म बन्न लागेको खबर, उक्त खबरले अहिले सामाजिक सञ्जाल तातिरहेको छ। नतातियोसपनि किन ऐतिहासिक कथामा फिल्म बन्ने त्योपनि नेपालका नयाँ देखि पुराना सबै स्टारहरुलाई लिएर।

स्रोतका अनुसार फिल्मको तयारी एकबर्ष देखि गरिदै आएको छ भने फिल्मलाई नेपाली र हिन्दी भाषामा बनाइने भएको छ। जी.बी आग्री तथा भारतीय निर्देशकले निर्देशन गर्ने भनिएको फिल्ममा ६ जना त् सहायक निर्देशक नै रहने जानकारी बाहिरिएको छ।

तीन सिरिजमा निर्माण हुने फिल्मले नेपालको इतिहासको कथा बोल्नेछ। राजेश हमाल, भुवन केसी, दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, धिरज मगर, सुशील श्रेष्ठ, करिष्मा मानन्धर, रेखा थापा, मिरुना मगर, आँचल शर्मा, विपना थापा लगायतको अभिनय रहने वुझिएको फिल्मको औपचारिक घोषणा भने भईसकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार