रकम लेनदेन नमिलेपछि दाजुले गरे भाईको हत्या

बैतडीमा २५ वर्षीय युवकको गोली प्रहारबाट हत्या गरिएको छ। दोगडाकेदार गाउँपालिका–८ का सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रले जनाएका छन। गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको मिश्रले बताए ।

उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । कर्ण अहिले फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो । सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार