‘लाज शरणम्’काे पहिलो दिनकाे कमाइ एक करोड १० लाख

महा शिवरात्रीको अवसर पारेर हिजो बुधबारबाट रिलिज भएको फिल्म ‘लाज शरणम्’को एक दिने बक्स अफिस कलेक्सन सार्वजनिक भएको छ। फिल्मले बुधबारमात्रै देशभरबाट १ करोड १० लाख रुपैयाँको ग्रसकलेक्सन गरेको निर्माण टिमले जनाएको छ।

जेपीटी क्रियसनको ब्यानरमा निर्माण भएको फिल्मले दर्शकको उत्साह जनक साथ पाईरहेको छ। फिल्म हेरेका हेरेक दर्शकले फिल्मको कन्टेन्टको तारिफ गरिरहेका छन्।

कुमार कट्टेलको निर्देशनमा बनेको फिल्ममा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापा जस्ता कलाकारहरुको अभिनय रहेको छ।

फिल्मलाई नवीन श्रेष्ठले निर्माण गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार