डा. मनोज मुक्तिको चेतावनी– ‘बेथितिको अन्त्य नगरेसम्म संघर्ष जारी रहन्छ’

काठमाडौं- ७५औं प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट जारी शुभकामना सन्देशको समर्थन गर्दै राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति ‘विवेक’ ले शान्तिपूर्ण निर्णायक आन्दोलनको आह्वान गरेका छन्।

डा. मुक्तिले एक सार्वजनिक अपील जारी गर्दै नेपाल, नेपाली र नेपालीत्त्वको रक्षा गर्दै राष्ट्रवादी मूल्य र पहिचान स्थापित गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले वर्तमान राजनीतिक अवस्थालाई ‘कहालीलाग्दो’ र ‘इतिहासकै कालो कालखण्ड’ को संज्ञा दिँदै बेथिति, भ्रष्टाचार, लम्पसारवाद र पराधिनताको अन्त्यका लागि सम्पूर्ण नेपालीलाई ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।

उनको भनाइमा, ऐतिहासिक धरोहर, राष्ट्रिय एकता, स्वतन्त्रता, मौलिक अधिकार तथा धर्म-संस्कृतिको पुनःस्थापना अपरिहार्य छ। साथै, उनले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहको मार्गदर्शनअनुसार ‘सम्पूर्ण क्रान्ति र पूर्ण मुक्ति’ को नाराका साथ संघर्षरत रहन सम्पूर्ण देशभक्त नेपालीलाई आह्वान गरेका छन्।

उनले जारी अपीलमा भनेका छन्, हामी नेपाली रहौंला कहाँ, नेपालै नरहे!”धर्मो रक्षति रक्षितः, राष्ट्रो रक्षति रक्षितः जस्ता नाराहरु घोलेर राष्ट्रिय स्वाभिमान बचाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

यसै अवसरमा, डा. मुक्तिले हिन्दू अधिराज्य स्थापनाका लागि राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध हुन अनुरोध गर्दै वैदिक सनातन हिन्दू अधिराज्य पुनर्स्थापनाको पक्षमा जोड दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार