ईसीडीको समस्या समाधान गर्न कार्यदलले काम गरिरहेको छः शिक्षामन्त्री

शिक्षा सुधारका लागि भन्दै काठमाडौंको माईतीघर मण्डलामा उभिएर बिरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गर्नुभएको छ ।

सोमवार शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्र सुधारका लागि सरकारलाई दबाब दिन उभिँदै आउनुभएका चापागाईंसँग भेट गर्नुभएको हो । ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे मागसहित उनले प्रदर्शन गरिरहेका छन् । माईतीघरमा पुगेर उनलाई भेटेसँगै शिक्षामन्त्री भट्टराईले आफू चालु आर्थिक वर्षको बजेट बनाइसकेपछि आएकाले आफ्नो योजना बजेटमा राख्न नसकेको बताउँदै यस वर्ष आवश्यक नरहेको कार्यक्रमलाई विपद्मा लैजान सकिने भएकाले प्रश्ताव अर्थ मन्त्रालयमा लगेको बताउनु भयो । ईसीडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाइ काम गरिरहेको जानकारी दिनुभयो । दरबन्दीबारे पुनरावलोकन भइरहेको बताउनु भयो । पालिकाको शिक्षा योजना र शिक्षा कोर्ष बिना सांसदहरु नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने बताउनु भयो ।

गत जेठमा उनी काठमाडौंको माईतीघरमै १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए । तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वान दिएकी थिइन् । तर माग सम्बोधन नभएपछि उनले फेरि उभिएर आन्दोलन थालेका हुन् । उनलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमिति सभापति अम्मरबहादुर थापाले समेत भेट गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार