जनकपुरले पायो १३९ रनको लक्ष्य,

नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले जितका लागि १३९ रनको लक्ष्य पाएको छ।

टस जितेर फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पोखराले ७ विकेट गुमाएर जम्मा १३८ रन बनायो।

म्याट क्रिट्ले ३५, आन्द्रे गोस २०, दिनेश खरेल १०, कुशल भुर्तेल ६, दिलिपनाथ १०, रेइमन रिफर १७, माइकल लिस्कले २५ रनको योगदान दिए भने नारायण जोशीले ५ र विपिन खत्रीले १ रन जोडे। जनकपुरका लागि ललित राजवंशी तीन, जिमि निसम दुई मोहम्मद मोहसिन, किशोर महतोले समान एक एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरू भएको थियो। जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने आफ्नो अपराजित यात्रालाई कायम गर्ने लक्ष्यसहित आज मैदानमा उत्रिएको छ।

पोखरा भने यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तान कुशल भुर्तेल छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार