ग्लोबल आइएमईका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन्। ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबीच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ।

समझदारीमा बैंकका सहायक महाप्रबन्धक तथा बागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र सिग्मा डायग्नोसिस ल्याबका ल्याबरोटोरी डाइरेक्टर वेदप्रकाश मिश्रले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरुले सिग्मा ल्याबको इनहाउस टेष्टमा ४० प्रतिशत र आउटसोर्स सेवामा २० प्रतिशत छुट पाउनेछन्।

ल्याबसम्बन्धी सेवाको लागि लोकप्रिय रहेको सिग्मा ल्याबले भक्तपुरको राधेराधेबाट उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार