इङ्ग्लिस प्रिमियर लिग लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेड विजयी, टोटनह्याम र फुलहमले बराबरी खेले

इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई २–० ले हराएको हो ।

यस्तै अर्को खेलमा चेल्सीले एस्टन भिलालाई ३–० ले र म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४–० गोलले पराजित गरेका छन् । टोटनह्याम हट्सपर र फुलहमले भने १र१ गोलको बराबरी खेलेका छन् ।

प्रिमियर लिगमा लिभरपुल ३४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै आर्सनल २५ अङ्कसहित दोस्रो स्थानमा छ । चेल्सी २५ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार