लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने

लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूले पाउनेछन्।

गत वर्ष भने बैंकले ७ प्रतिशत बोनस र ०।३७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार