चीन प्रतिद्वन्द्वी र रूस अमेरीकाका लागि खतरा रहेकाे बाइडेनकाे दाबी

हाम्राे प्रयास ।संघारैमा आएको अमेरिकी राष्ट्रपति निर्वाचनका एक उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेनले चीन र रुसप्रतिको आफ्नो धारणा प्रष्ट पारेका छन्। उनले चीन अमेरिकाको ‘प्रतिद्वन्द्वी’ हो भने रुस ‘खतरा’ रहेको बताएका हुन्।

बाइडेनले सोमबार रुस अमेरिकाको सुरक्षा तथा गठबन्धनका लागि सबैभन्दा ठूलो खतरा भएको जिकिर गरे। उनको भनाइलाई रुसले भने धम्की र रुसप्रति नकारात्मकता फैलाउने चेष्टाका रूपमा लिएको छ। बाइडेनले अमेरिकी न्युज च्यानल सीबीएसलाई दिएको अन्तर्वार्तामा यस्तो धारणा राखेका हुन्।

अन्तर्वार्तामा बाइडेनले भने, ‘‘मलाई लाग्छ, हाम्रो सुरक्षा र गठबन्धन तोड्न रुस सबैभन्दा बढी खतराका रुपमा रहेको छ। दोस्रो कुरा, हाम्रो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीचाहिँ चीन रहेको छ।’’ चीनसँग अमेरिकाको गम्भीर प्रतिद्वन्द्व चल्ने उनको भनाइ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार