स्पा सञ्चालनको आवरणमा नाबालिकाको यौन शोषण, सञ्चालक कारागार चलान

काठमाडौं । काठमाडौंमा स्पा सञ्चालनको आवरणमा नाबालिकालाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा एक महिला पुर्पक्षका लागि कारागार चलान भएकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुगमनका क्रममा उद्धार गरिएकी १६ वर्षीया नाम परिवर्तित ‘२६ परिसर (९८)’ को जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

प्रहरीका अनुसार संखुवासभाको चैनपुर नगरपालिका–७ घर भई हाल काठमाडौं महानगर क्षेत्रअन्तर्गत टोखा नगरपालिका–५ मा ‘Spa Park’ सञ्चालन गर्दै आएकी ४८ वर्षीया अनिता भण्डारीले नाबालिकालाई ललाइफकाइ स्पामा काममा राखी यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोप लागेको छ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेकी भण्डारीलाई अदालतको आदेशपछि २०८३ जेठ ११ गते पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार