स्थानिय युवाहरुको सक्रियतामा गाँउजाने बाटो मर्मत

सुबास मजाकोटी-लमजुङ्गको राइनास नगरपालिका वडा नं ८ मा रहेका युवाहरुले आफ्नो गाँउ आफै बनाउ भन्ने उदेश्यका साथ गाँउसम्म पुग्ने कच्ची मोटरेबल बाटो मर्मत तथा सम्भार गरेका छन् ।स्थानिय १४ जना युवाहरुको सक्रियतामा सडक मर्मत गरिएको युवा राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
राइनासका विभिन्न वडामा रहेका गाँउ जाने बाटो समयमा मर्मत नगरिएका कारण स्थानियले सास्ती भोग्दै आएका स्थानियहरुको गुनासो रहेको छ । श्रेष्ठका अनुसार लामो समयदेखि गाँउजाने बाटोमा स्थानिय सरकारको ध्यान नपुगेपछि श्रमदानबाट नै सो काम गरिएको उनि बताउँछन् ।
बाटो मर्मतका क्रममा डोजर लगाउदा लागेको खर्च पनि स्थानियहरुबाटै उठाइएको बताएका छन् । बाटो मर्मत समयमा नगरिदिदाँ गाँउमा ढुवानि गर्नका लागि समेत अप्ठ्यारो हुने गरेको अर्का युवा नविन श्रेष्ठको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार