प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले उठाएको जिज्ञासामा जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुले उठाएको जिज्ञासामा जवाफ दिने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा राखेका थिए ।

जिज्ञासाहरुको जवाफ बुधबार प्रधानमन्त्री शाहले दिने कार्यसूची थियो । तर प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएपछि प्रतिपक्षी दलका सांसदहरुले सदन अवरुद्ध गरेका थिए ।

बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । संघीय संसदले जारी गरेको कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री शाहले दिने बताइएको छ ।

 

सम्बन्धित समाचार

ताजा समाचार