कान्छो सांसदको छवि बनाउँदै २५ वर्षीय प्रशान्त उप्रेती

मकवानपुर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी का प्रशान्त उप्रेती निर्वाचित भएका छन्।उनले ३० हजार ५० मत प्राप्त गर्दै कान्छो सांसदको छबि बनाएका हुन ।निकटतम प्रतिस्पर्धी नेकपा एमाले केन्द्रीय सदस्य महेशकुमार बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरे भने तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गरे।

यहाँ नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का लवशेर विष्ट १२ हजार ४९२ मत ल्याए।उप्रेती निर्वाचित भएसँगै उनले ‘कान्छो सांसद’को छवि बनाएका हुन्।मनहरि गाउँपालिका वडा नम्बर ७ मा जन्मिएका उप्रेती पेसाले पूर्वशिक्षक हुन्। उनी सामाजिक विषय अध्ययन गर्दै समाजसँग अन्तरघुलित भएका थिए। पठन–पाठनका अतिरिक्त सामाजिक कार्यमा क्रियाशील हुन रूचि राख्ने उनले ग्लोबल कलेज अफ् म्यानेजमेन्टबाट प्लस टूसम्मको अध्ययन पूरा गरेका हुन्। उनी अहिले काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेसनमा अध्ययनरत छन्।त्यसो त उनले ब्याचलर अफ ट्राभर एण्ड टुरिजम म्यानेजमेन्ट ९बिटिटिएम०को अध्ययन गरेका छन्।

सम्बन्धित समाचार

ताजा समाचार