धनुषा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भए पनि उनले पाएको मत धेरै देखिएको छ। तर रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भएकाले मत भने सार्वजनिक गरिएको छैन।अहिलेसम्म आएको मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मातृका यादवले अग्रता लिएका छन्।
यादवले ६ हजार ९६८ मत ल्याएका छन्। कांग्रेसका राम पलटन साहले ६ हजार ७८३ मत ल्याएका छन्।तेस्रोमा रहेका एमालेका रामचन्द्र मण्डलको ६ हजार ३२९ मत छ।मतगणना धेरै अघि बढेको भए पनि निर्वाचन आयोगको वेबसाइटमा अपडेट गरिएको छैन। आयोगले रास्वपालाई परेको मत पनि गणना गर्न भनेको स्रोतले बतायो। यद्यपि सार्वजनिक भने नगर्न भनेको छ।

