नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेको सभापतिमा पारसमणि मिश्र निर्वाचित भएका छन्।
आइतबार सम्पन्न पाँचौं अधिवेशनअन्तर्गत भएको मतदानमा प्रतिस्पर्धी शालिकग्राम अर्याललाई ९७ मतले पछि पार्दै २८३ मत सहित मिश्र विजयी भएका हुन् ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पूर्ण शाही सर्वसम्मत चयन भएका छन्। चार उपाध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको थियो। जसमा गणेश थापा, रमेश घिमिरे, गोविन्द अधिकारी र चक्रविक्रम शाही विजयी भए भने सुनिल ढुंगाना, इन्द्रकुमार थापा र रोशन अधिकारीले पनि प्रतिस्पर्धा गरेका थिए।
त्यस्तै, महामन्त्रीमा सुरेश यादव र रमेश सुवेदी, कोषाध्यक्षमा निर्मला परियार निर्वाचित भएका छन्। सहमहामन्त्रीमा विनोद श्रेष्ठ, कृष्णबहादुर खत्री, नरेश बास्कोटा तथा प्रवक्तामा जगन्नाथ पाण्डेले जित निकालेका छन्।
पूर्व सभापति जीवन शाहीको अध्यक्षतामा सम्पन्न अधिवेशनले मिश्रको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। कार्यसमितिका सदस्यहरुमा घनश्याम तिवारी, नविन सापकोटा, नवराज श्रेष्ठ, रमेश शर्मा, शुनिल बास्तोला लगायत छन्।
सभापतिमा विजयी भएपश्चात मिश्रले सबै पक्षलाई समेटेर संगठनलाई अघि बढाउने प्रतिबद्धता जनाए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा भारतस्थित जनसम्पर्क समिति सभापति बालकृष्ण पाण्डे अधिवेशनका लागि नर्वे पुगेका थिए।

