सांसद चन्दको प्रश्न- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी कानून नबनेको भन्दै सरकारसँग जवाफ माग गरेकी छन् ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले शहिद दशरथचन्द सवास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? भन्दै प्रश्न गरिन् । उनले राष्ट्रिय सभाले पास गरेर पठाएको लामो समय भइसक्दा समेत विधेयकले कानूनी रुप नलिएको भन्दै सरकारसँग जवाफ माग गरिन् ।

उनले भनिन्– ‘सम्माननीय अध्यक्ष महोदय, शहीद दशरथचन्द सवास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो ? सरकारले जानकारी दिनुपर्‍यो । राष्ट्रिय सभाले पास गरेर उहिल्यै पठाएको विधेयक अहिलेसम्म पनि कानूनमा किन गइरहेको छैन ? सरकारको जवाफ माग्दछु ।’

उनले बैतडीको पाटनस्थित विमानस्थल सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार