मोहन थापा अमेरिकामा पक्राउबारे रास्वपाले के भन्यो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । उनी एक हप्ताअघि नै पक्राउ परेका हुन् । रास्वपा नेता मनीष झाले थापा अमेरिकी अध्यागमनको हिरासतमा रहेको जानकारी प्राप्त भएको बताएका छन् ।

‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नु भएको जानकारीमा आएको छ,’ झाले भने, ‘आफूले केही कानुनी प्रक्रियाहरू समाधान गर्नुछ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन भनेर अलि पहिले निवेदन पनि दिनु भएको थियो ।’ केन्द्रीय सदस्य थापाको नाम पार्टीको वेबसाइटबाट हटिसकेको रास्वपाले जनाएको छ । थापा रास्वपा सभापति रवि लामिछानेका विश्वास पात्र मानिन्छन् ।

यसअघि थापालाई रास्वपाका तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठले आरोपित गरेका थिए । ढकालले आफूलाई मन्त्री बनाइ दिने भन्दै थापाले पैसा मागेको दावी विभिन्न मिडियामा गरेपछि तीव्र विवाद उठेको थियो । त्यसपछि थापाले ढाकाविरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइज्यतिको मुद्दा हाले । उक्त मुद्दाको छिनोफानो नहुञ्जेल आफू पार्टीको कुनै पनि पदमा नरहने उनले सार्वजनिक घोषणा गरेका थिए ।

फेसबुकमा उनले लेखेका थिए, ‘मेराविरुद्ध आरोप लगाउनेले प्रमाणद्वारा पुष्टि गर्न नसक्दा नसक्दै पनि, मेरो पार्टीले मलाई कुनै कारवाही गर्नुपर्ने परिस्थिति नहुँदा नहुँदै पनि, कहीं कतै कसैको मनमा शंका, भ्रम नरहोस् भनेर मैले कानुनी लडाईंको किनार नलागेसम्मका लागि जिम्मेवारी भन्दा बाहिर रहने निर्णय गरेको हुँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार