मुलुक सामाजिक सुरक्षाको पासोमा पर्ने जोखिम छः कार्यवाहक सभापति अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले समाजिक संरक्षणलाई समयमै योगदानमा आधारित गर्न नसके मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित भएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटको ठूलो हिस्सा भत्तामा जाने गरेको उल्लेख गर्दै सामाजिक सुरक्षाको मुद्दा झनै पेचिलो हुँदै गएको बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षको बजेटको १५ प्रतिशत रुपैयाँ भत्तामा खर्च भइरहेको उल्लेख गर्दै उहाँले यसले नयाँ पुस्तालाई उत्प्रेरित नगर्ने जिकिर गर्नुभयो । न्युनतम पारिश्रमिक र प्रभावकारी सामजिक सुरक्षा अभावमा लाखौँ युवाशक्ति विदेशीन वाध्य रहेको उहाँको भनाइ छ । उहाँले २०७४ सालमा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभाकारी कार्यान्वयन गर्न सकेको भए लाखौँ नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा र सुरक्षित प्रत्याभुति दिन सकिने भएपनि अब त्यस्तो अवस्था नरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नगद हस्तान्तरणमा आधारित समाजिक संरक्षणलाई समयमै समयमै योगदानमा आधारित गर्न सकिएन भने अबको २० वर्षमा हाम्रो मुलुक सामाजिक सुरक्षाको पासोको जोखिममा पर्नसक्ने निश्चित जस्तै छ । बजेटको ठूलो हिस्सा यस्तै भत्ताहरुमा जान्छ । चालु बजेटमै पनि झन्डै पन्ध्र प्रतिशत पुगेको छ । यसबारे हामीले सोचका छौँ कि छैनौँ ? के यसले काम गर्ने नयाँ पुस्तालाई उत्प्रेरित गरिरहेको छ त ? समाभुख महोदाय न्युनतम पारिश्रमिक र प्रभावकारी सामजिक सुरक्षा अभावमा लाखौँ युवाशक्ति विदेशीन वाध्य छन् । २०७४ सालमा बनेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको प्रभाकारी कार्यान्वयन गर्न सकेको भए लाखौँ नागरिकलाई सुरक्षित स्वास्थ्य सेवा र सुरक्षित प्रत्याभूति दिन सकिन्थ्यो । त्यसैले सामाजिक सुरक्षा कोषको आवद्धता स्वेच्छिक हुन सक्दैन । यो अनिवार्थ नभई अपरीहार्य छ ।’
सामाजिक सुरक्षा कोषको आवद्धता स्वेच्छिक हुन नसक्ने उहाँको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार